पोखरा/ पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको पोखराको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७ तल्लो विरुवा निवासी उनले आफ्नाे जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष कोषको स्थापना गरेकी हुन् ।
गोमा फाउण्डेशनका अध्यक्ष समेत रहेकी पराजुलीले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण गरिन् । दुई छोरा बुहारी सहितका परिवार अमेरिकामा रहेका र आफु पढ्न नसक्ने भएको कारण पढ्नु पर्दछ भन्ने सोचका साथ ५३ बर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पराजुलीले सात कक्षासम्म पढेकी थिइन् । पराजुलीले विभिन्न कक्षामा अध्ययनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र चकलेट वितरण गरेर जन्मदिन पनि मनाइन् । पछिल्लो समय आफु र आफन्तको जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर सामुदायिक विद्यालयलाई अक्षयकोष स्थापना र शैक्षिक सामाग्री वितरण गर्ने प्रचलन बढेको छ ।
विद्यालयमा तीन महिनाको अवधिमा नगेन्द्र शर्मा भण्डारीका छोरा एलेक्स शर्मा भण्डारीले ५५ हजार ५५५, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमवावु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिनमा २१ हजार २२१ बरावरको अक्षयकोष र दृश्यम भिडिया हाउसको स्थापना दिवसको अवसरमा ६५ हजार मुल्य बरावरको शैक्षिक सामाग्री प्रदान गरिएको छ । विद्याथलय सञ्चालनार्थ विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिबाट हालसम्म दश लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको व्याजबाट प्राप्त रकम विद्यार्थीलाई प्रत्येक बर्ष वितरण गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए ।





