बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुस्तकालयका पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र

पुस्तकालयका पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र

सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै लगेर दिने, जिल्लाका अन्य स्थान तथा स्वदेश र विदेशमा रहेका पाठकलाई हुलाकबाट पत्र पठाउन थालिएको पुस्तकालयकी प्रमुख भुजु कटुवाल क्षेत्रीले बताइन् ।


  • ढोरपाटन संवाददाता
  • असार २० २०८२, शुक्रबार

बेनी/म्याग्दी पुस्तकालयले घरमा लगेको किताव फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र पठाउन सुरू गरिएको छ ।

पुस्तकालयको नियम अनुसार सदस्यता लिएर लगेका पाठकले मौखिक अनुरोधलाई अटेर गरेपछि पत्र पठाइएको हो । सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै लगेर दिने, जिल्लाका अन्य स्थान तथा स्वदेश र विदेशमा रहेका पाठकलाई हुलाकबाट पत्र पठाउन थालिएको पुस्तकालयकी प्रमुख भुजु कटुवाल क्षेत्रीले बताइन् ।

उनका अनुसार २०७२ सालदेखि यता पुस्तक फिर्ता नगर्नेहरुलाई पुस्तकालयको सम्पत्ति फिर्ताका लागि अनुरोधसहित पत्र पठाइएको हो ।

म्याग्दी जिल्लाकै जेठो मानिएको म्याग्दी पुस्तकालयको महत्व र पठन संस्कृति विकास गर्ने नयाँनयाँ पुस्तकहरु थप गरिएको अवस्थामा म्याग्दी पुस्तकालय शनिबार तथा सार्वजनिक बिदाको दिनहरुमा पनि खुल्ने गरेको छ । सिसी क्यामेरा, तातोपानी सहित शान्त वातावरणमा अध्ययन गर्न मिल्ने ब्यवस्था रहेको पुस्तकालयले उत्कृष्ट पाठकलाई सम्मान समेत गर्ने गरेको छ ।

वि.सं. २०१२ सालमा प्रकाश पुस्तकालयको रुपमा स्थापना पुस्तकालयले २०२० सालदेखी म्याग्दी पुस्तकालय बनेको थियो भने । ०६० चैत्र ७ गते माओवादीले बेनी आक्रमणमा पर्दा २० हजारबढी पुस्तकसहित पुस्तकालय जलेर नष्ट भयो ।

हाल पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, संगीत, खेलकूदका सामग्रीसहित विभिन्न विधाका १० हजार बढीको हाराहारीमा पुस्तकहरु छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->