स्याङ्जा/कृषि ज्ञान केन्द्र स्याङजाले जिल्लाका चार जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । केन्द्रले पुतलीबजार १० को अर्याल अर्गानिक एयो फर्मका रामबन्धु अर्याल (फलफुल खेती), वालिङ नगरपालिका ११ को आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्रका श्याम प्रसाद अर्याल (मौरीपालन), वालिङ–५ पित्तेक कालिका कृषि फर्मका हुमनाथ लामिछाने (मिश्रित खेती), गल्याङ ११ को चन्द्रकान्त डुम्रे कृषि फर्मका चन्द्रकान्त डुम्रे (खाधान्न तथा आलु बीउ उत्पादन) लाई सम्मान गरेको हो ।
आव २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत उत्कृष्ट कृषि पुरस्कार कार्यक्रमअन्र्तगत गत साउन २३ गते प्रशाशित सूचना अनुसार १३ बटा आवेदनबाट छनौट गरि कृषकलाई पुरस्कृत गरिएको कार्यालय केन्द्रका प्रमुख बिनोद हमालले बताए । चारै जनालाई नगद १०÷१० हजारसहित दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले सम्मान गरेका हुन् । सम्मानित कृषक श्याम प्रसाद अर्याललले काम गर्न धेरै दुख रहेको बताउदै काम गरेर मात्र उपलब्धी हुने बताए । उनले मौरीपालनको लागि ३० वर्ष काम गरेको बताउँदै तालिमले नभई फिल्डमा काम गर्नुपर्ने बताए ।





