पोखरा/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय ‘रिजनल प्रेष्टिज अवार्ड–२०८२’ बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड–२०८२’ कार्यक्रमबीच विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा शैक्षिक क्षेत्रमा सक्रिय रहेर सिकाइको गुणस्तरीय विधि अपनाउँदै उत्कृष्ट शिक्षालय (कक्षा ११ र १२) को परिचय बनाउन सफल भएकोमा मदरल्याण्डलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
उक्त अवार्ड विद्यालयका संचालक एवं लेखा प्रमुख कृष्णप्रसाद बराल र प्लस टु इन्चार्ज नारायण आचार्यले ग्रहण गरेका हुन् । समारोहका प्रमुख अतिथि शिक्षामन्त्री रघुजी पन्त थिए । साथै, पूर्व शिक्षामन्त्री विद्या भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायतको उपस्थिति थियो । गण्डकी प्रदेशमा मात्रै नभई आफूलाई देशैभरका अब्बल शैक्षिक संस्थाहरुको सूचिमा उभ्याउन सफल मदरल्याण्ड शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य राखेर अगाडि बढेको प्राचार्य डा. नारायण बराल बताउँछन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई समान अवसर प्रदान गर्दै आएको विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यमा जोड दिँदै उत्कृष्ट नतिजा आत्मसाथ गर्दै आएको छ ।
शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो । पोखरा–७, मासबारस्थित मदरल्याण्डले एसइई तथा कक्षा–१२ को बोर्ड परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । २०८० को एसइईमा यहाँबाट १० जनाको र २०८१ मा ११ जनाको सर्वोत्कृष्ट ४ जिपिए आउन सफल भएको थियो । कक्षा १२ को बोर्ड परीक्षामा पनि लगातार उतकृष्ट नतीजा हासिल गर्दै आएको छ ।





