शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीगण्डकीमा चीन र भारत जोड्ने तीन पुल बने

कालीगण्डकीमा चीन र भारत जोड्ने तीन पुल बने

चीन र भारतलाई सीधा सम्पर्क जोड्ने आँधीघाट, होस्तीबाट पाल्पा र पुट्टार घाट पुल पुल सेक्टर पोखराले निर्माण गरेको हो ।


  • अर्जुन काफ्ले
  • साउन ३ २०८२, शनिबार

स्याङ्जा/गण्डकी र लुम्बिनीको सङगम कालीगण्डकी नदिमा तीन वटा मोटरेवल पुल निर्माण भएका छन् । चीन र भारतलाई सीधा सम्पर्क जोड्ने आँधीघाट, होस्तीबाट पाल्पा र पुट्टार घाट पुल पुल सेक्टर पोखराले निर्माण गरेको हो ।

यहाँको चापाकोट नगरपालिका –१० र पाल्पाको रामपुर नगरपालिका–१० कालीगण्डकी कोरिडोर जोड्ने बर्दले पुल निर्माण भएको हो । २०७४ मङसिर २१ गते एमएस सपना÷महादेव खिम्ती÷ हिरा जेभीले तीन बर्षमा सक्ने गरेर सम्झौता गरेको थियो ।

२२० मिटर लम्बाइ रहेको बर्दले पुल निर्माण कम्पनीले २८ करोड ३७ लाख तीन हजार तीन सय रुपियाँमा सम्झौता गरेर काम गरेको हो । तीन चोटी म्याद थपेर काम सकेको यो पुल चार स्पानको रहेको इन्जिनियर बिदुर सुवेदीले जानाकारी दिए ।

यस्तै चापाकोट–१० र रामपुर–१० नै जोडने होस्ती अरियाले पुल सपना निर्माण सेवाले निर्माण गरेको हो । २०७९ कात्तिक २३ गते सपना निर्माण सेवाले तीन बर्षमा काम सक्ने गरेर सम्झौता गरेको थियो ।

दुई सय मिटर लम्बाई रहेको पुल ३० करोड ६४ लाख ३८ हजार आठ सय रुपियाँमा निर्माण कम्पनीले काम गरेको हो । चार स्पानको यो पुल निर्माण कम्पनीले चार महिना अगावै निर्माण सकेको हो ।

यस्तै कालीगण्डकी नदी मै निर्माण गरिएको पुट्टार पुल पाल्पा हुदै कालिगण्डकी कोरिडोर जोड्ने पुल हो । शर्मा÷युनाईटेड बुइडर्स÷रमन जेभीले निर्माण गरेको यो पुल २१०.६ मिटर लामो र चार स्पानको रहेको छ । पुट्टारघाट पुल करोड ७९ लाख ७९ हजार तीन सयमा निर्माण कम्पनीले निर्माण गरेको हो । २०७४ असार ३० गते सम्झौता भएको यो पुल तीन चोटी म्याद थपेर निर्माण सकिएको हो ।

कालीगण्डकीमा अझै पुलसेक्टरले आँधीघाट, रोकुवा र राम्दी नमुना पुल निर्माण गरेको हो भने दामाचौर तथा कालिगण्डकी र गुल्मी जोड्ने कालीगण्डकी सडक पाल्पाले निर्माण गरेको हो । पाल्पाले निर्माण गरेका दुई पुल १३ बर्षबाट काम अगाडि बढाएका पुल हुन् ।

दुई देश, प्रदेश र जिल्ला जोड्ने महत्वपुर्ण लामा पुलहरु समयमै निर्माण नहुदाँ हजारौ स्थानीय नागरिकले दुःख भोग्नु परेको छ । पुल सेक्टर पोखराका प्रमुख ज्ञानेन्द्र कलौनीले कुनै निर्माण कम्पनी र कुनै बजेटको अभाबमा पुलहरु निर्माण हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->