स्याङ्जा/जिल्लाको आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले ३३ औँ पटक रक्तदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औ स्मृति दिवसमा राष्ट्रिय युवा संघ स्याङ्जाले गल्याङ नगरपालिका–३ गल्याङमा बुधबार गरेको रक्तदान कार्यक्रममा पौडेलले जिल्लामै सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्ति बनेका छन् ।
२०५४ मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रक्तदान सुरु गरेका पौडेलले २०६२ सालबाट वर्षको एकदेखि तीनपटक सम्म रक्तदान गरेको बताए । उनले पुष्पलाल स्मृति दिवसमा लगातार १४ पटक रक्तदान गरेको र कम्तीमा ५० पटक पु¥याउने लक्ष्य रहेको सुनाए । उनको रक्त समुह ओ पोजेटिभ छ । रक्तदान जीवन दान भन्ने नाराकासाथ वर्षेनी रक्तदान कार्यक्रम गर्दै आएको र यसपटक ७४ यूनिट रगत सङकलन भएको संघका सचिब राधाकृष्ण शर्माले बताए ।
रक्तदान कार्यक्रममा युवा संघका महासचिब महेश चौलागाईले रक्तदान गर्नेलाई प्रमाणपत्र बितरण गर्दै युवा देश परिवर्तनको संबाहक भएको र जनताको हितको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।





