बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

टप्स माध्यामिक विद्यालयद्वारा कक्षा ११ का विद्यार्थीको स्वागत र अभिमुखीकरण

टप्स माध्यामिक विद्यालयद्वारा कक्षा ११ का विद्यार्थीको स्वागत र अभिमुखीकरण


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८२, शनिबार

पोखरा/ पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यामिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि शनिवार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जीवन, कर्पोरेट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थी र अभिभावकलाई प्रेरणादायी भाषणमार्फत अभिमुखीकरण दिएका थिए । सकरात्मक सोंचाई नै सफलताको मुख्य सुत्र रहेको कटवालले बताए । ‘अवको दुई वर्षको मेहनतले भविष्य निर्धारण गर्छ । विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने बाटो खुल्छ’ उनले भने, ‘त्यसैले सकरात्मक सोंचका साथ पढाइलाई अघि बढाउन अनुरोध छ ।’ उनले कुनै पनि कामको सफलतामा शिक्षासंगै इच्छा पनि आवस्यक हुने बताए । कुनैपनि बहानाबाजी बनाउन नहुने, अल्छीपना हुन नहुने, ऐश, आराम र रमाईलोमा भूल्न नहुने, ओछ्यानको न्यानोपना र उस्तै परे परिवारको माया ममता पनि केही समयका लागि त्याग्न सकेमा सफल भइने र सधै उत्साहित हुन विद्यार्थीलाई उनले आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले टप्स माध्यामिक विद्यालय वडाको शैक्षिक धरोहर रहेको बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षाका लागि गरेका विभिन्न क्रियाकलापप्रति खुशी व्यक्त गर्दै यसले विद्यार्थीको भविष्य सुनिश्चित गर्ने जनाए ।

टप्स एजुकेशन फाउन्डेशन प्रालिका अध्यक्ष बलबहादुर थापाले विद्यालयलाई एउटा मेगा स्कुलको रुपमा विकास गर्ने योजनासाथ अघि बढेको जनाउँदै विद्यालयको लक्ष्य उद्देश्य विद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा जोड दिने रहेको बताए । विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त वस्ताकोटीले विद्यार्थी अनुशासित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोकगायक चोलेन्द्र पौडेल, गायककारहरु दिपेन थापा र तुलसा क्षेत्रीले सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए । विद्यार्थीहरुले पनि विभिन्न नृत्य देखाएका थिए । कार्यक्रममा विद्यालयका प्लस टु विज्ञान संयोजक विमल देवकोटा, प्लस टु व्यवस्थापन संयोजक युवराज लामिछाने, कक्षा १२का छात्रा आया थापा र कक्षा ११ का सिसम थापाले पनि आफ्नो भनाई राखेका थिए । उक्त अवसरमा विभिन्न विद्यालयबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई सम्मान गरिएको थियो । अध्यक्ष थापाको अध्यक्षतााम भएको कार्यक्रम शिक्षकद्वय मणी डुम्रे र आत्मराम अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यार्थी र अभिभावक गरी ८ सय जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->