बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दाजुङखोलामा मोटरेबल पुल, अब बर्खामा पनि सवारीसाधनलाई सहज

दाजुङखोलामा मोटरेबल पुल, अब बर्खामा पनि सवारीसाधनलाई सहज

पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताए ।


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८२, आइतबार

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित दाजुङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले चार करोड १० लाख ८३ हजार रुपियाँको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो ।

२०८० असोज २६ गते सम्झौता गरेको बि.एम.के. कोण्डा जेभीले समयमै पुल निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए । पुल निर्माण भएसँगै गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताए ।

पुल बनेपछि दरवाङ– अदिभारा– डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडकमा बर्खायाममा पनि सिधा यातायात सञ्चालन गर्न सहज भएको बताउनुभयो । पुल नहुदाँ बर्खाको समयमा सवारीसाधन आवतजावतमा निकै समस्या हुने गरेको थियो । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले २०८० मा बजेटको स्रोत सुनिश्चित, क्रमागत र बहुवर्षे योजनामा समावेश गराएर वार्षिक योजनामा समावेश भएपछि पुललाई सम्पन्न गर्न सहज भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->