स्याङ्जा/सघीयता पहिला सिदार्थ राजमार्ग मात्र कालोपत्रे रहेको स्याङ्जामा धमाधम ग्रामिण क्षेत्रका सडक कालोपत्र भएका छन् । पूर्वाधार विकास कार्यालय, स्थाङ्जाले आर्थिक बर्ष ०८१÷०८२ मै ३० किलोमिटर सडक कालोपत्रे गरेको छ ।
५० किमी कालोपत्रे गर्ने लक्ष्य लिएको पूर्वाधारले बहुबर्षिय योजनाहरु समयमै कालोपत्रे नहुदाँ लक्ष्यमा पुग्न नसकेको हो । पूर्वाधारले दामाचौर– हिलाम¥याङ सडक १०.५ किमी, राङखोला –धोबादी –बिरुवा सडक ६.१ किमी, बिरुवा –किचनास सडक १.७ किमी, पिपलटारी –वोदी भञ्ज्याङ सडक सड्क १.५ किमी, पुतली खेत –सतौ दरौ सडक ३.१ किमी, ढोडोखेत –दाह्ेगौगा सडक दुई सय मिटर, अल्छीखोला –रानीपोखरी सडक ८५० मिटर, बयरघारी –बानेथोक सडक आठ सय मिटर कालेपत्र गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । उनले पूर्वाधारले यो आर्थिक बर्षमा छ वटा मोटरेवल पुल मध्ये पौवेगौडे र रातोखोला निर्माण सम्पन्न गरेको बताए ।
यसै आर्थिक बर्षमा पाँच वटा झोलुङे पुल निर्माण गरेका पूर्वाधार विकास कार्यालय स्याङजाले जनाएको छ । सडक कालोपत्रे भएसँगै धुलो र हिलोमा हिड् बाध्य भएका यहाँका स्थानिय नागरिकलाई सहज भएको छ । यस कार्यालयबाट ढेक्का सम्झौता भएका १२ वटा बहुबर्षिय योजनाहरु समय सकिदाँ समेत निर्माणले पुर्णता पाउन नसकेको हो ।
यहाँको मालुङगा–रुद्रबेणी सडक सम्झौता समय सकिन तीन महिना बाँकी रहदाँ ५५ प्रतिशत काम भएको छ भने सात महिना समय बाँकी रहदाँ रत्ने –सुन्तलाबारी सडकमा कामै छाडेर निर्माण कम्पनी हिडेको छ । गल्याङ –चापाकोट, कोल्मा –ज्यामिरे, दरौ–आरुचौर, बायटारी–सेतिबेनी, किनारे–धुरकोट, जिमुवा–पाखिचौर, पिपलटारी–बोधिभञ्ज्याङ, अर्जुनचौपारी –रापाकोट, वालिङ –हुवाँस, बलमाटा– खिलुङ कुैनै सम्झौता समय सकिदाँ र कुनै सकिन लाग्दाँ सुस्त गतिमा निर्माण अगाडि बढ्ेका छन् ।
बहुबर्षिय योजनाहरु आर्थिक अभाब र केही निर्माण कम्पनीका कारण अलपत्र गरेका हुन् । पूर्वाधारले यस आबमा ७३.२६ प्रतिशत प्रगति गरेको छ भने एक अर्ब ३८ करोड तीन लाख ३४ हजारमा एक अर्ब एक करोड १२ लाख ६५ हजार खर्च गरेको हो ।





