बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

९० वर्षीय मोहनविक्रम किन आए खुला राजनीतिमा ?

९० वर्षीय मोहनविक्रम किन आए खुला राजनीतिमा ?

पञ्चायतकालमा सिंहमाथि वारेन्ट भए पनि बहुदल आएपछि थिएन। तर पार्टीले अर्धभूमिगत रूपमै राखेको थियो ।


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८२, मंगलबार

पोखरा / नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह खुला राजनीतिमै फर्किएका छन्। सिंह ५७ वर्षदेखि अर्धभूमिगत रहेका महामन्त्री सिंहलाई पार्टीले खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो। साउन ९ र १० गते बसेको नेकपा मसालको केन्द्रीय कमिटी बैठकले महामन्त्री सिंहलाई खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो।

‘केन्द्रीय कमिटी बैठकले महामन्त्रीलाई खुला राजनीतिमा आउन दिने निर्णय गरेको छ,’ नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘महामन्त्री खुला राजनीतिमा आए पनि केन्द्रीय कमिटी भने अझै भूमिगत नै छ।’

उनले केन्द्रीय कमिटी कति सदस्यीय छ भन्ने जानकारी दिन नमिल्ने पनि बताए। देशमा संकट देखा परिरहेकोले केन्द्रीय कमिटी खुला नगरिएको अध्यक्ष केसीले बताए। ‘देशमा संकटहरू आइरहेका छन्, विदेशीको हस्तक्षेप बढेको छ, सहकारीका पैसा ठगी गरेर मानिस जेल गएको छ, प्रतिशोध भन्दै मानिसहरू हस्ताक्षर गर्दैछन्, यस्तो संकटका बेला केन्द्रीय कमिटी भूमिगत नै रह्यो,’ केसीले भने।

उनले महामन्त्री सिंह अर्धभूमिगत रहेकोले खुला राजनीतिमा आउनु अनौठो कुरा नभएको पनि बताए। ‘महामन्त्री खुला राजनीतिमा आउनु के आश्चर्य भयो र,’ उनले भने, ‘पार्टीले निर्णय गरेर भूमिगत पठाएको थियो, अहिले पार्टीले निर्णय गरेर खुला राजनीतिमै आउन भन्यो, पार्टीले जे भन्यो त्यो मान्ने हो।’

महामन्त्री सिंह ९ वर्ष जेल बसेर २०२७ चैत ४ गते छुटेका थिए। ‘त्यसबेलादेखि अहिलेसम्म उहाँ अर्धभूमिगत हुनुभयो,’ केसीले भने, ‘उहाँ जेलबाट निस्कँदा निरंकुश पञ्चायतको बिगबिगी थियो। मेची-महाकाली भूमिगत रूपमै अभियानहरूमा लाग्नुभयो।’ पञ्चायतकालमा सिंहमाथि वारेन्ट भए पनि बहुदल आएपछि थिएन। तर पार्टीले अर्धभूमिगत रूपमै राखेको उनले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->