शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

फेदीखोलाका विद्यालयमा कोदोको परिकार अनिवार्य

फेदीखोलाका विद्यालयमा कोदोको परिकार अनिवार्य

कोदोको ढिँडो, मःम, तावा रोटी, पुवा, सेलरोटी चिउरा, हलुवा, सूप आदि अनिवार्य रूपमा विद्यालयमा दिवा खाजामा रूपमा खानु पर्ने पालिकाले नीतिगत निर्णय गरेको हो ।


  • अर्जुन काफ्ले
  • साउन १४ २०८२, बुधबार

स्याङ्जा/फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट निर्मित परिकारहरू दिवा खाजामा अनिवार्य गरेको छ ।

प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट विद्यालयमा लागु हुने गरेर कोदोको ढिँडो, मःम, तावा रोटी, पुवा, सेलरोटी चिउरा, हलुवा, सूप आदि अनिवार्य रूपमा विद्यालयमा दिवा खाजामा रूपमा खानु पर्ने पालिकाले नीतिगत निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाभित्रका सबै सार्वजनिक निकायहरू वडा कार्यालय, चमेना गृह तथा सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको बताए ।

गाउँपालिकाले स्थानीय उत्पादन कोदोलाई बहुपयोगी, पोषणयुक्त तथा आर्थिक रूपमा सम्भावनायुक्त खाद्यान्नको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मा विविध कार्यक्रमहरू गर्ने तयारी गरेको हो ।

कोदोको पोषण मूल्य, खाद्य सुरक्षा, कृषक आम्दानी तथा स्थानीय अर्थतन्त्रमा यसको योगदानलाई मध्यनजर गर्दै पालिकाले नीतिगत निर्णयहरू समेत गरेको सुवेदीले बताए ।

पालिकाले साउन १६ गते फेदीखोला गाउँपालिका–१, रामकोटमा कोदो रोप्ने र कोदोबाट उत्पादित विभिन्न परिकारको प्रदर्शनी र उपयोगमार्फत यसको बहुउपयोगी पक्ष प्रस्तुत गर्दै समुदायमा चेतना अभिवृद्धिको अभियान सञ्चालन गर्ने सुवेदीले बताए ।

गाउँपालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोलामा कोदोः बहुपयोगी खाद्यान्न’शीर्षक समावेश गरी विद्यार्थीलाई यसबारे सचेत गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->