आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्तीमगर

नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्तीमगर


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८२, शुक्रबार

बागलुङ/ झण्डै तीन महिनादेखि रिक्त नेपाल बिद्यार्थी संघ बागलुङको अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले बुधवार घर्तीमगरलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
नेविसंघले ३२ बर्षे उमेर हद लागेपछि बिधानको सातौं संशोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेसन गर्ने गरी अध्यक्षको जिम्मा लगाइएको उल्लेख छ । यस अघि नेविसंघको जिल्ला अध्यक्ष बिशेष पराजुली थिए ।

गत चैतमा भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा धौलागिरि बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघकी प्रत्यासी सृष्टी आचार्य पराजित भएपछि पराजुलीले राजिनामा दिएका थिए । त्यसपछि जिल्ला समिति नभएकोले कतिपय सार्वजनिक मंचमा नेविसंघको उपस्थिति थिएन ।

गत साता नेविसंघका केही केन्द्रीय सदस्य र नेता मिलेर नेविसंघको जिल्ला अध्यक्ष चयन गरेको उल्लेख गरेका थिए । तर उक्त भेलामा नेविसंघको केन्द्रीय समिति र पार्टीको जिल्ला समितिले पनि जानकारी पाएको थिएन । बिना जानकारी घोषणा गरिएकोले उक्त समितिलाई केन्द्रीय समितिले मान्यता नदिएको हो । पार्टीलाईपनि बोदार्थ दिएर दिइएको पत्रमा शेर्पाले नयाँ अध्यक्षलाई अधिवेसन गर्ने जिम्मा दिइएका हो । साउन २ गतेको भेलाले दिपक सुवेदीलाई अध्यक्ष घोषणा गरेपनि उक्त भेला अवैधानिक भएको शेर्पाले प्रतिक्रिया दिइसकेका थिए । सुवेदी अध्यक्ष बनेको भन्दै धौलागिरि बहुमुखी क्याम्पस इकाइको कावा अध्यक्षको जिम्मेवारी स्ववियुका सचिव सचिन हरिजनलाई दिइएको थियो । ताराखोला गाउँपालिका १ का घर्तीमगर नेविसंघमा सक्रियपूर्वक काम गर्दै आइरहेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->