बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लक्ष्मी खनालले ल्याइन तीजगीत

लक्ष्मी खनालले ल्याइन तीजगीत


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८२, शनिबार

पाेखरा/ नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ ।

दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन् । पुराना देखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याएका हुन् । तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि ’बाबा आमालाई सेवा गरौ’ जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छिन्। मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन्। गीतमा लय र शब्द माधवप्रसाद खनालको रहेको छ । भिडियोको निर्माण मोति डिजिटल स्टुडियोले गरेको हो ।

महेश्वर खनाल दिदी बहिनी समुहको प्रस्तुति रहेको गीतमा बाबा आमालाई सेवा गरौ, जेष्ठ नागरिक समाज र परिवारको आस्था, धरोहर भएको विषयलाई गीत मार्फत प्रस्तुत गरिएको गायिका पौडेलले बताइन् । ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाइने भाका र शब्दलाई गीतमा प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->