आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गुठी युवा क्लबले तिज मेला गर्ने

गुठी युवा क्लबले तिज मेला गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार

फाइल तस्बिर

बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालय चिप्लेटी महिला समूह र गुठी आमा समूहको सह–आयोजना रहने मेला भदौ ९ र १० गते चल्ने क्लब सचिव सुवास रुचालले जानकारी दिए ।

मेलामा अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता, घैटोफोर, स्लो बाइक रेश प्रतियोगिता र महिला समुहद्वारा मौलिक तीज गीत प्रदर्शन हुने सचिव रुचालले बताए । चिप्लेटी बसपार्कको प्राङगणमा आयोजना हुने तीज मेलामा महिला दिदिबहिनी सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकार सांगीतिक प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->