शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च 

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च 


  • ढाेरपाटन संवाददाता
  • साउन १८ २०८२, आइतबार
स्याङ्जा/ जिल्लामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च रहेको पाइएको छ । कानुनी रुपमा २० वर्ष पुगेपछि विहे गर्न पाइने भए पनि जिल्लामा भने २० वर्ष अघि नै विवाह हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांकले देखाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार पाँच सय ५९ जनाले गर्भ जाचँ गराएकोमा २१० जना अर्थात ८.२० प्रतिशत २० वर्ष मुनिका रहेका थिए । गर्भ जाचँ गराएकामा सुरक्षित प्रसूति सेवा ८८२ जनाले लिएकोमा ९२४ जनाले सुरक्षिन गर्भपतन गरेको प्रदेश जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईले जानाकारी दिए । २० पछि विहे गर्दा महिलाको शारिरीक र मानसिक रुपमा बच्चा पाउन तयारको रुपमा लिइए पनि त्यस्तो नभएको पाइएको कार्यालयले जनाएको छ ।  सुरक्षित प्रसूति सेवा लिने मध्ये २० बर्ष भन्दा कम उमेरका १०९ अर्थात १२.३५ प्रतिसत रहेका छन् । ४३ जना (४.३५ प्रतिशत) २० बर्ष मुनिकाले गर्भपतन गरेको चापागाईले बताए । उनका अनुसार तथ्यांकले २० बर्ष नपुग्दै विहे गर्नेको संख्या अत्याधिक रहेको देखिएको छ ।
सुरक्षित प्रसूति सेवा लिनेमा दक्ष प्रसूतिकर्मीबाट ६९५ जना, दक्ष स्वास्थ्यकर्मीबाट १६८ जना, अन्य स्वास्थ्यकमीबाट १३ जना र छ जना घरमै प्रसूति सेवा लिने रहेका छन् ।  यस्तै गर्भपतन गराउने मध्ये १२ हप्ता मुनिको मेडिकलबाट ८४१ जना, सर्जिकलबाट ८१ जनाले गराएका छन् भने १२ हप्ता माथिको सर्जिकलबाट दुई जनाले गर्भपतन गराएका छन् ।  यहाँ गर्भजाचँ गराउने मध्ये ७५३ जनाले प्रसूति र गर्भपतन कहाँ गरे जिल्लामा तथ्याङ नदेखिएको हो । सेवाको हिसाबले पायक पर्ने पाल्पा, गुल्मी र पोखरा जादाँ जिल्लामै सबैले गरेका विवरण नभएको बताउदै चापागाईले जोखिम कम गर्न ठुला अस्पतालमा लगिएको हुन सक्ने बताए ।
यस्तै यहाँका पालिकाले एम्बुलेन्स निःशुल्क दिदाँ र रेफरको हिसाबले पनि बाहिर गएको हुनसक्ने चापागाईको भनाई छ । उनले गर्भपतन गर्नेहरु पनि चिनेको भन्दा नचिनेका ठाउँमा पुगेर गरेको हुन सक्ने अनुमान गरे ।  सुरक्षित प्रसूति सेवा र गर्भपतन जिल्ला अस्पताल, पालिका स्तरका छ वटा अस्पताल, दुई प्रथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र गरेर १२१ स्वास्थ्य संस्थाबाट सेवा पाइदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->