काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षामा ५ लाख ११ हजार ५२५ परिक्षार्थी सहभागी भएका थिय । यसपटकको परिक्षामा गत वर्षको भन्दा ९ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण हुन सफल भएका हुन ।
यसैबीच आज प्रकाशित कक्षा १२ को नतिजाको ननग्रेड विद्यार्थीका लागि भदौ २८ र २९ गते ग्रेड वृद्धि परिक्षा हुने भएको छ । गत वैशाख ११ गतेबाट हुने भनिएको परिक्षा शिक्षक आन्दोलनका कारण वैशाख २१ गतेबाट भएको थियो ।





