आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहरी विकास मन्त्रालयद्वारा बागलुङ नगर सम्मानित

सहरी विकास मन्त्रालयद्वारा बागलुङ नगर सम्मानित

तीन वटामध्ये दुइ वटाको गत बैसाखमै कालोपत्र भएको हो भने अर्को सडक पनि कालोपत्रेको तयारीमा छ ।


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८२, बुधबार

बागलुङ/तोकेको समयमा काम सम्पन्न गरेको भन्दै सहरी विकास मन्त्रालयले बागलुङ नगरपालिकालाई सम्मान गरेको छ । विश्वबैंकको सहयोगमा संचालित न्युजिप परियोजनामार्फत तीनवटा सडक एक वर्षभित्र सम्पन्न गर्न सफल भएको भन्दै मन्त्रालयले नगरपालिकालाई सम्मान गरेको हो ।

सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठलाई उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरेका हुन् । विश्वबैंकले उपलब्ध गराएको ४८ करोड रुपैयाँमा नगरपालिकाले तीनवटा सडक बनाएको थियो ।

तीन वटामध्ये दुइ वटाको गत बैसाखमै कालोपत्र भएको हो भने अर्को सडक पनि कालोपत्रेको तयारीमा छ । सहरी शासकीय तथा पुर्वाधार विकास आयोजनाले आर्थिक वर्ष २०८१/०८२ का लागि गणेश घुम्तीदेखि निरयघाट, ओडारचौरदेखि ढोडेनी र मुलपानीदेखि कालीमाटीहुँदै तितौरे जाने सडकका लागि योजना पारेको थियो ।

यी सडक बन्दा बागलुङ आएका पर्यटक बेनी जाने र मुस्ताङ पुगेका पर्यटकलाई बेनीहु“दै बागलुङ बजार ल्याउन ७ किमी छोटो बाटो भएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा पनि सहयोग मिलेको हो ।

यो योजनाले बागलुङ नगरपालिका वडा नं. ४ को ओडारचौरदेखि ढोडेनीहुँदै पर्वतको लस्ती पुग्ने सडक सडक भएको छ । यो सडकले पर्यटकलाई छोटो बाटोमाम्याग्दी र मुस्ताङ जान सहयोग पुग्नेछ । साथै, किसानका उत्पादन बजार पठाउन पनि सहज हुनेछ । फेवा आषिस संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले वर्षातका कारण कालोपत्रको काम मात्र रोकिएको स्थानमा पनि छिटै काम सम्पन्न हुने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->