स्याङ्जा/जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा ८ नयाँ कुष्ठरोगी फेला परेका छन् । यहाँको पुतलीबजार र चापाकोट नगरपालिकामा २/२ जना, वालिङ नगरपालिकामा ३ र गल्याङ नगरपालिकामा एकजनामा कुष्ठरोग भेटिएको हो ।
आव २०८०/०८१ मा पनि पुतलीबजार, चापाकोट र वालिङ नगरपालिकाभित्रै २/२ जना कुष्ठरोगका बिरामी भेटिएका थिए । जिल्लामा अहिले ९ जनाले कुष्ठरोगको औषधी सेवन गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईले बताए । समाजमा अन्य कुष्ठरोगका बिरामीहरु लुकेर बसेको हुनसक्ने अनुमान उनको थियो ।
छालामा छुदा थाहा नपाउने, आँखीभौँ सुनिने, कानको लोती बाक्लो हुने, स्नायु सुनिने र झमझमाउने कुष्ठ रोगका लक्षण रहेको चापागाइले बताए । रोगको प्रकृति अनुसार ६ महिना देखी एक वर्ष सम्म नियमित औषधी सेवा गरेमा कुष्ठरोग निको हुने र औषधी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।
सरकारले सन् २०३० सम्म कुष्ठ रोगलाई शून्यमा पु¥याउने लक्ष्य लिएको छ ।





