शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

३ सय ६ टनभन्दा धेरै मकैको बीउ उत्पादन

३ सय ६ टनभन्दा धेरै मकैको बीउ उत्पादन

जिल्लामै सबैभन्दा धेरै गल्याङ नगरपालिका–११ का रुमलाल कँडेलले १५ रोपनी आफ्नै र १५ रोपनी भाडाँमा लिएर चार टन बीउ उत्पादन गरेका छन् भने जिमुवाकै चन्द्रकान्त डुम्रेले एक टन मकै बीउ उत्पादन गरेका हुन् ।


  • अर्जुन काफ्ले
  • साउन २६ २०८२, सोमबार

स्याङ्जा/स्याङ्जामा एकै आर्थिक बर्षमा तीन लाख छ हजार ४५० केजी मकै बीउउत्पादन भएको छ । हावा पानी र माटो सुहाउँदो भूगोल अनुसारयहाँका किसानहरुले सक्रियता देखाएसँगै मकैको बीउ उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र स्याङजा तथा कृषि स्रोत केन्द्रकोे सहायतामा प्रदेशमै पहिलो मकैको बिउ उत्पादन गर्ने जिल्ला स्याङ्जा बन्न सफल भएको हो । यहाँका १५ वटा फर्म/कृषक समूह/सहकारीमार्फत दुई हजार २५ रोपनीमा उन्नत र १८ रोपनीमा मुल बीउ उत्पादन गरिएको हो । यहाँ मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको बीउ उत्पादन गरिएको हो ।

यहाँको कालिगण्डकी, फेदीखोला, पुतलीबजार, अर्जुन चौपारी, वालिङ आँधीखोला, कृषि विकास श्रोत केन्द्र, बिरुवामा गरेर एक लाख ६३ हजार दुई सय केजी मनकामना–३ बीउ उत्पादन गरिएको हो । यस्तै एक लाख ३५ हजार ७५० केजी अरुण–२ गल्याङ, चापाकोट र बिरुवा र र गल्याङमै सात हजार पाँच सय केजी रामपुर कम्पोजिट बीउ उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङजाका प्रमुख विनोद हमालले बताए यहाँको फेदीखोला गाउँपालिका मात्रै ९७ हजार पाँच सय केजी, मनकामना ३ उत्पादन भएको हो भने अरुण–२ गल्याङको जिमुवामै ९३ हजार ७५० केजी बीउ उत्पादन भएको हो । उत्पादन भएको बीउमा दुई हजार सात सय केजी मूल बिउ हो भने अरु सबै उन्नत बीउ भएको हमालको भनाइ थियो ।

जिल्लामै सबैभन्दा धेरै गल्याङ नगरपालिका–११ का रुमलाल कँडेलले १५ रोपनी आफ्नै र १५ रोपनी भाडाँमा लिएर चार टन बीउ उत्पादन गरेका छन् भने जिमुवाकै चन्द्रकान्त डुम्रेले एक टन मकै बीउ उत्पादन गरेका हुन् । गत वर्षकै दर बीउको मूल्यपरेमा आफ्नो गाउँमा मात्रै एक करोडको उत्पादन भएको चन्द्रकान्तको भनाइ थियो । कृषकले उत्पादन गरेको बीउ गत बर्ष एक केजीको दर १२० मै बेच्दा समेत तीन करोड ६७ लाख ७४ हजार रुपियाँ पर्ने कृषि ज्ञान केन्द्रले बताएको छ । खेती गर्न सजिलो र एक बोरा बीउ मकैले तीन गुणा खायन मकै किन्न सकिने भएकालेसमेत आफूहरु आर्कषित भएर छ वर्षबाट उत्पादनमा लागेको नन्द कुमारी डुम्रले बताए । ज्ञान केन्द्रले बीउ उत्पादन गर्ने कृषकलाई ५० प्रतिशत छुटमा प्रजनन्, मुल बीउ र आवश्यक औजारहरु उपलब्ध गराएको थियो ।

यहाँ उत्पादन भएको बीउ जिल्लामा पुगेर छिमेकी जिल्लामा समेत ४० प्रतिशत बेच्न सकिने केन्द्रका सुचना अधिकारी विकास बिकले बताउनुभयो । उनले कृषकले उत्पादन गरेको बिउलाई प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र पोखराले अन्तिम निरीक्षण गरेसँगै बिक्री बितरण गरिने बताए ।

यहाँ केही बर्ष पहिले २८ हजार हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने तथ्याङ्क कृषि ज्ञान केन्द्रमा रहेकोमा अहिले १५ हजार ५४४ हेक्टरमा मात्रै मकै उत्पादन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->