स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पूर्वाधार विकास अन्र्तगत प्रत्येक वडामा ग्रामीण सडक कालोपत्रे गर्ने कामलाई तिब्रता दिएको छ । संघीयता स्थापनासँगै पहिलो पाँच बर्षमा कालोपत्रे सुन्य रहेको यहाँ पछिल्लो तीन बर्षमा २५ किमी कालोपत्रे गरेको हो । विकासको मेरुदण्ड मानिने सडक पूर्वाधारलाई अर्जुनचौपारी गाउँपालिकाले पालिकाकै बजेटवाट कालोपत्रे अभियान चलाएको हो ।
गाउँपालिकाले आफ्नै आन्तरीक श्रोत र बजेड प्रयोगमा १८ किमी कालोपत्रे गरेको छ भने प्रदेश सरकार, शहरी विकासले सात किमी कालोपत्रे भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाले आब २०८१/८२ मै १० करोडको लागतमा सात किमी कालोपत्रे गरेको बताए । हरेक वडाका मुख्य सडकलाई कालोपत्रे गर्ने लक्ष्य सहित आफ्नो कार्यकालको पहिलो बर्षमा पाँच कालोपत्रे र दोस्रो वर्षमा छ किमी कालोपत्रे गरेको बताए ।
गत आबको बहुबर्षीय योजनाअन्र्तगत पाँच किमी कालोपत्रेका काम तिब्र रुपमा अगाडि बढेको तिवारीले बताए । भौगोलिक दुर दराजका स्थानीयलाई कृषि, शिक्षा, स्वाथ्य क्षेत्रमा सहज गराउने उद्देश्ये ग्रामीण सडक कालोपत्रे गरिएको हो । पालिकाको छ वटै वटामा कालोपत्रे सडक पु¥याउने लक्ष्य अनुरुप वडा नं. १, २, ३ र ६ मा कालोपत्रे भएको छ भने वडा नं –४ मा टेण्डर भएर काम भैरहेको छ भने वडा नं –५ मा आधा कालोपत्रे पुगेको छ भने अबको डेढ बर्षमा कालोपत्रे पुग्ने छ । पालिको तीन बर्षमा सडक पूर्वाधारमा मात्रै ३० करोड लगानी गरेको हो ।
यस्तै पूर्वाधारले हेलु अर्जुन चौपारी चार किमी सडक कालोपत्रे गर्दा शहरी विकासले अर्जुन चौपारी बजार क्षेत्र हुदै पुतलीबजार दुई किमी कालोपत्रे गरेको हो । यस्तै पूर्वाधारले दरौ खण्डका पाँच सय मिटर, दारेगौडा सडक, रैते सडक एक किमी कालोपत्रे गरेको हो ।
सडक कालोपत्रे भएसँगै लामडाडा, रापाकोट, दरौ, आरुचौर लगाएतका दर्जनौ गाउँका स्थानीयलाइ आवत जावतमा मात्र नभई कृषि उत्पादन बिक्री तथा बिरामी पर्दा अस्पताल जानका लागी सहज भएको हो । गाउँपालिका, प्रदेश तथा शहरी विकासले कालोपत्रे गर्दा सिद्धार्थ राजमार्गको हेलुदेखी अर्जुनचौपारी, घन्टे हुदै बाग्लुङ सम्मका नागरिकलाई टेवा पुग्ने देखिन्छ ।





