शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

हरिनासमा अब क्युआर प्रयोग गरेरै गुनासो गर्न सकिने

हरिनासमा अब क्युआर प्रयोग गरेरै गुनासो गर्न सकिने

नागरिकको गुनासोलाई जो सँग सम्बन्धित छ सोही जनप्रतिनिधिले नागरिकलाई शनिबार फोन, फेसबुक र जुन ह्वाट्सएपबाट आएको त्यसै गुनासोको सम्बोधन गर्ने व्यवस्था पालिकाले गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८२, सोमबार

स्याङ्जा/हरि नास गाउँपालिकाले नागरिकको गुनासो सुन्न र तत्काल सम्बोधन गर्नका लागि प्रविधिको प्रयोग गर्ने भएको छ । जनतासँग जोडिँदै पालिकाले सुरु गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमलाई प्रविधियुक्त बनाएर अघि बढेको हो ।

गाउँपालिका अध्यक्ष खिम बहादुर मानन्धरले अभियान जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ नजिक र जीवन्त बनाउने प्रयास भएको बताए । पालिकाले स्थानीयलाई क्युआर कोडमा स्क्यान, ह्वाट्सएप र पालिका सचिवालयको फेसबुक पेजबाट आफ्ना समस्या प्रत्यक्ष जनप्रतिनिधिसम्म पु¥याउने व्यवस्था गरेको छ ।

क्युआर कोड स्क्यान गरेपछि फर्म आउने र सोही फर्म भरेर पठाउने मिल्ने गरेर व्यवस्था गरेको छ । भने पालिकाको सचिवालयको ह्वाट्सएप नम्बरमा पठाउने मिल्ने व्यवस्था गरेको छ । अभियानमा नागरिकले गुनासो दर्ता प्रयोग गर्ने क्युआर कोड, ह्वाट्सएप र म्यासेन्जरले कार्यालय धाउनुपर्ने बाध्यता हटाउने छ भने समय र खर्च दुबै बचत हुनेछ ।

पालिका भित्रका नागरिकको गुनासोलाई जो सँग सम्बन्धित छ सोही जनप्रतिनिधिले नागरिकलाई शनिबार फोन, फेसबुक र जुन ह्वाट्सएपबाट आएको त्यसै गुनासोको सम्बोधन गर्ने व्यवस्था पालिकाले गरेको छ । चुनावमा भोट माग्न आएका जनप्रतिनिधिले जनतालाई बिर्सिए भन्ने गुनासो जताततै आई रहँदा यहाँ थालिएको यो अभियानले गुनासो समेत हट्ने मानन्धरले बताए ।

गाउँपालिकाले थालेको अभियानमा हप्तामा ६ दिन नागरिकका गुनासा सङ्कलन गर्ने र शनिबार अध्यक्ष मानन्धर आफैँ वा सम्बन्धित शाखाले सम्बोधन गर्ने र जवाफ दिने व्यवस्था मिलाएको हो । दुई दिन पहिलेबाट गुनासो सुन्न थालेको बताउँदै मानन्धरले भदौको पहिलो शनिबार गुनासोलाई सम्बोधन गरिने बताए ।

यो अभियानले गाउँपालिकाको कुनाकाप्चामा रहेका बासिन्दाले पनि सजिलै आफ्ना कुरा राख्ने अवसर पाउने छन् । यसले सरकारी काम पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ भने नागरिकको सक्रिय सहभागितालाई प्रोत्साहित गर्ने अध्यक्ष मानन्धरले बताए ।

यो अभियानलाई स्थानीयले सकारात्मक र अनुकरणीय कदमका रूपमा आफूले लिएको उनले बताए । सुशासन, पारदर्शिता र जवाफदेहिता को प्रत्याभूति दिलाउँदै यसले डिजिटल नेपालको अवधारणालाई स्थानीय तहमै साकार पार्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->