शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्तुगलको अधिवेशन लिस्वनमा

जनप्रगतिशील मञ्च युरोपको भेला र पोर्तुगलको अधिवेशन लिस्वनमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

पोर्तुगल/ नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपको आयोजनामा प्रशिक्षणात्मक भेला र नेपाली जनप्रगतिशील मञ्च पोर्तुगलको ८ औं अधिवेशन सेप्टेम्वर १४ र १५ तारिखमा लिस्वनमा हुने भएको छ । पहिलो दिन पोर्तुगलको ८ औं अधिवेशन हुनेछ भने दोश्रो दिन प्रशिक्षणात्मक भेला र बैठक हुने बताइएको छ ।

कार्यक्रममा नेपालका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सचिव राम कार्की प्रमुख अतिथि रहने छन् । यसैगरी पूर्व सभामुख ओनसरी घर्ती मगरको विशेष उपस्थितिमा भेला र पोर्तुगलको अधिवेशन हुने भएको मञ्चले जनाएको छ ।

प्रशिक्षणात्मक भेलामा युरोपका विभिन्न देशसंगै युके र अमेरिकाका अगुवा माओवादी कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । मञ्च युरोपका अध्यक्ष चित्र सुवेदीले कार्यक्रमलाई भव्य बनाउनको लागि व्यवस्थापनका लागि तयारी थालिसकेको जानकारी दिए । ‘जनप्रगतिशील मञ्चमा आवद्ध विभिन्न देशबाट साथीहरु पोर्तुगलको लिस्वनमा भेला हुदैछौं, प्रशिक्षण र बैठकका साथै आगामी दिनमा संगठन निर्माणका लागि ठोस योजना बनाएर अघि बढिने छ,’ सुवेदीले भने । युरोपका झण्डै १९ देशमा एनपीपीएफका संगठन छन् ।

प्रमुख अतिथि कार्की र घर्तिमगरले कार्यक्रममा मगरले प्रशिक्षण दिने छन् । भेलामा बेल्जियम, स्पेन, डेनमार्क, नर्वे, माल्टा, क्रोएसिया, जर्मन, युके, अमेरिका लगायतका देशबाट जनप्रगतिशील मञ्चका नेताहरु लिस्वनमा उपस्थित हुने बताइएको छ ।

यसैगरी, मञ्च पोर्तुगलको ८ औं अधिवेशन पनि सोही अवसरमा हुनेछ । एनपीपीएफ पोर्तुगलका संयोजक नारायण शर्माले अधिवेशनको तयारी भइरहेको जनाए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->