बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना

प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८२, शनिबार

म्याग्दी/बेनी नगरपालिका–६, छापमा रहेको प्रतिक्षालयमा कर्नर पुस्तकालय स्थापना गरिएको छ । स्थानीय छाप यूवा क्लवको पहलमा प्रतिक्षालयमा मिनी पुस्तकालय स्थापना गरिएको हो ।

मोवाइल, सामाजिक सञ्जालको लतका कारण पुस्तक पढ्नेहरुको कमी हुँदै गएपछि प्रतिक्षालयमा आराम गर्नेहरूलाई लक्षित गरी धार्मिक, साहित्यिक सहित विभिन्न विधाका पुस्तकहरु राखिएको क्लवका अध्यक्ष पुस्कल केसीले बताए ।

‘प्रतिक्षालयमा स्थापना गरिएको पुस्तकालयमा समयअनुकुल पुस्तक थप्दै जानेछौ, अहिले बजारमा चलेका पुस्तकहरु समेत उपलब्ध छ, यसको नियमित प्रयोग र सुरक्षामा ध्यान दिएका छौ’ अध्यक्ष केसीले भने ।

स्थानीयबासीले धार्मिक तथा विभिन्न उपचारका विधिका बारेमा पुस्तक धेरै माग गरेको बताउँदै नयाँ पुस्तकका लागि समेत अभियान सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->