बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, कम्तीमा १५ जना घाइते

गोरखाको तान्द्राङमा रात्रिबस दुर्घटना, कम्तीमा १५ जना घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८२, मंगलबार

गोरखा / काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको स्थानीयले बताएका छन् । घटनास्थलतर्फ प्रहरी गइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->