मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रधानमन्त्री ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप सक्रिय

प्रधानमन्त्री ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप सक्रिय

प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीए केपी शर्मा ओली सेक्रटेरियट’, ‘बालकोट’ मा भएको पछिल्लो पोस्टमा प्रश्न उठाउँदै थप पोस्टहरू हुन थालेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८२, शुक्रबार

काठमाडौं / सरकारी निर्णय अनुसार अत्यधिक प्रयोगमा आइरहेका सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् । हिजो (बिहीबार) मात्रै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विस्तारै सामाजिक सञ्जालमा रोक लगाउन थालेको छ ।

ल्डलिंकले हिजै रातिबाट फेसबुक बन्द गराएको थियो । तैपनि अहिले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्दै प्रयोगकर्ताहरू सामाजिक सञ्जाल चलाउन भने छाडेका छैनन् ।

यो त भयो आम प्रयोगकर्ताहरूको विषय । तर, निर्णय गराउने निकायले नै सामाजिक सञ्जाल चलाउन भने रोकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप ग्रुप सक्रिय भइरहेको छ ।

आजैबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको विधान महाधिवेशनको अपडेट प्रधानमन्त्रीको सचिवालयले फेसबुक र ह्वाट्सएपबाटै गराएको छ । जसको यतिबेला सञ्जालमै विरोध हुन थालेका छन् । नीति निर्माताहरू नै आफूले गरेको निर्णयमा अडिग नभएको भन्दै आलोचना भइरहेको हो ।
प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीए केपी शर्मा ओली सेक्रटेरियट’, ‘बालकोट’ मा भएको पछिल्लो पोस्टमा प्रश्न उठाउँदै थप पोस्टहरू हुन थालेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->