मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा प्रथम

चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा प्रथम

आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

म्याग्दी/जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा बुढामगर प्रथम भएकी छन् ।

म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन नेटाकी कक्षामा ११ मा अध्ययनरत बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्धितिय र न्यु वेष्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतिय भएका छन् । प्रतियोगितामा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए ।

सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवा झनै अत्यावश्यक भएकाले ‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ शिर्षकमा आयोजित प्रतियोगितामा जिल्ला हुलाक कार्यालय, अतिरिक्त हुलाक कार्याल तथा पालिका हुलाक कार्यालयबाट विद्यार्थीले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालयमार्फत हस्तलिखित चिठ्ठी पठाएका थिए ।

आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न आयोजित प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ७५ सय, ४ हजार र २५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत विद्यार्थीलाई एक कार्यक्रम गरी पुरस्कार वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->