स्याङ्जा/जिल्लाको गल्याङ नगरपालिका–६ करादीखोलामा ‘पोतपवित्रा– प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको छ ।
स्व. पोतप्रसाद उपाध्याय, स्व पवित्रादेवी उपाध्याय र स्व प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद– कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको युवा साहिन्यकार मिलन समीरले जानाकारी दिए ।
नेपाली साहित्यको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पु¥याउनुभएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज स्रष्टालाई विसं. २०८३ सालदेखि सो पुरस्कारले पुरस्कृत÷सम्मानित गरिने समीरले बताए । पहिलो पुरस्कार पुरस्कार २०८३ साल भदौको कृष्ण पक्षको षष्टी तिथिमा वितरण गरिने छ ।
साहित्य पुरस्कारको नगद राशी पहिलो वर्ष ११ हजार १११, दोस्रो वर्ष १२ हजार २१२ र तेस्रो वर्ष १३ हजार ३१३ हुँदै सोही अनुसार पुरस्कार राशीमा वृद्धि गर्दै लगिने छ ।





