पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन जी आन्दोलनका क्रममा भएका विभिन्न क्षतिग्रस्त संरचनाहरुको मंगलबार निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सभा, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीलगायत क्षतिग्रस्त संरचनामा उनी पुगेका थिए । आन्दोलनको समयमा एक कार्यक्रमका लागि दुवई रहेका मुख्यमन्त्री पाण्डे मंगलबार पोखरा फर्किएसंगै संरचनाको निरीक्षणमा निस्किएका थिए ।
प्रदेशसभा पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँको दृष्य देखेर निकै निराश र भावुक देखिएका थिए । मुख्यमन्त्रीका साथ आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ र केही प्रदेश सांसदहरु पनि थिए ।













तस्वीरहरु लालप्रसाद शर्मा र विजय नेपाली





