सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

आगामी चुनावमा विदेशमा रहेका नेपालीलाई मत गर्ने व्यवस्था हुन्छः गृहमन्त्री अर्याल

आगामी चुनावमा विदेशमा रहेका नेपालीलाई मत गर्ने व्यवस्था हुन्छः गृहमन्त्री अर्याल


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८२, बिहिबार

काठमाडौं / सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले निर्वाचन आयोगले यसको गाँठो फुकाउनुपर्ने र सरकारले आवश्यक अध्यादेश ल्याउने बताए । उनले सर्वोच्च अदालतको आदेशबमोजिम पनि सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउने बताए ।
‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’

मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो । उनले नो भोटको व्यवस्था समेत मिलाइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->