सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कास्की कारागारका ४२५ कैदी अझै फरार

कास्की कारागारका ४२५ कैदी अझै फरार


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८२, शनिबार

पोखरा/हालैको जेनजी आन्दोलनका क्रममा मौका छोपेर फरार कास्की कारागारका ७ सय ७३ कैदीमध्ये ३ सय ४८ जना फर्किएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका चार सय २५ जना कैदीबन्दी अझै फरार छन् ।

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ ।

प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए ।

कारागारका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताउँदै भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->