बागलुङ/जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका मृतकप्रति कांग्रेसले श्रद्दाञ्जी कार्यक्रम गरेको छ । शनिवार साँझ बागलुङ स्थित लोकतान्त्रिक चोकमा दिपप्रज्वलन गरेर मृतकप्रति श्रद्दाञ्जली गरिएको हो । कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले मृतकप्रति मौन धारण गर्दै घटनाको सत्यतथ्य छानविन गर्न पनि माग गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा देशभर विभिन्न घटनामा परेर ७२ जना नागरिकको ज्यान गएको थियो । पहिलो दिन भदौ २३ गतेको प्रर्दशनमा १९ जना किसोर किसोरीले ज्यान गुमाएका थिए भने २४ गतेको हिंसात्मक घटनामा थपको मृत्यु भएको हो । त् िघटनामा अझै सयौं घाइते छन् । उनीहरुको उपचार भैरहेको छ । सरकारले मृतकलाई सहिद घोषणा गरेको छ । घाइतेको निशुल्क उपचार गर्दै छ ।





