आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खर्वाङ बजारमा सुरक्षा समन्वय समिति गठन

खर्वाङ बजारमा सुरक्षा समन्वय समिति गठन

भेलाले बजार क्षेत्रका होटलहरु रातीको ९ बजे तथा पसलहरु ८ बजे बन्द गर्नुपर्ने, मदिरा तथा सूर्तिजन्य सामग्रीको बेचविखन गर्दा अनिवार्य कानुनको पालना गर्नुपर्ने निर्णय गरेको छ ।


  • अनिष पाठक
  • असोज ६ २०८२, सोमबार

बागलुङ (खर्वाङ)/देशको पछिल्लो परिस्थिति तथा चाडपर्वको समयमा सुरक्षा खतरा बढ्न सक्ने भन्दै पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र खर्वाङ बजारबासीले बजार सुरक्षा समन्वय समितिको गठन गरेका छन् ।

उद्योगी व्यवसायीको आह्वान तथा वडा कार्यालयको समन्वयमा भएको भेलाले बलबहादुर पुन संयोजक र टंक भुजेल सहसंयोजक रहेको ११ सदस्यीय सुरक्षा समन्वय समितिको गठन गरेको हो । भेलाले बजार क्षेत्रमा जडान गरिएका सिसि क्यामेराले काम नगरेकोले तत्काल मर्मतको लागि वडामार्फत पालिकामा अनुरोध समेत निर्णय गरेको छ ।

भेलाले बजार क्षेत्रका होटलहरु रातीको ९ बजे तथा पसलहरु ८ बजे बन्द गर्नुपर्ने, मदिरा तथा सूर्तिजन्य सामग्रीको बेचविखन गर्दा अनिवार्य कानुनको पालना गर्नुपर्ने र सार्वजनिक स्थल, सडक, होटललगायतका ठाउँमा धुम्रपान बढेकोले कानून विपरीत भेटिएको खण्डमा नियन्त्रणम लिई प्रहरी कार्यालयलाई बुझाउने निर्णय गरेको छ ।

खर्वाङ प्रहरी चौकीको उपस्थितीमा भएको भेलाले चौकीमा दरबन्दी अनुसार सुरक्षाकर्मी नभएकोले दरबन्दी अनुसारकै जनशक्ति व्यवस्थापनको लागि वडा हुँदै पालिकामार्फत् सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराउने निर्णय भएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । भेलामा उद्योग वाणिज्य संघ बडिगाडका अध्यक्ष खगिश्वर अर्यालले चाडपर्वमा हुने चोरीका घटना रोक्न नागरिक सचेत हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->