सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

ताडीको तेल झिकेर पानी बेच्ने पक्राउ

ताडीको तेल झिकेर पानी बेच्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८२, सोमबार

पोखरा/पोखरामा तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल)ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सीजी आयल एण्ड डेरिभेटिभ्स प्रालिबाट खरिद गरेर ल्याउनुपर्ने तेलको सट्टा पानी भरेर ल्याउने बारा सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जका ३५ वर्षीय कविराज गौतम, सोही स्थानका ४९ वर्षका शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षका बुद्धिबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ना ५ ख ७७०८ नम्बरको ट्रकबाट तेल चोरी गरीबिचमै बिक्री गरेका थिए । तेल चोरी गरेपछि तौल मिलाउनका लागि जर्किनमा पानी भरेर राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट पानी भरेको १८ थान पहेँलो जर्किन र १३ हजार रुपैयाँ बरामद गरिएको बस्नेतले बताए । उनीहरुविरुद्ध चोरीसम्बन्धी कसुरमा १० दिनको म्यदा थप गरी अनुसन्धान अघि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->