सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेनजीसंग फोटो खिचाइरहेको अवस्थामा सार्वजानिक भए ओली

जेनजीसंग फोटो खिचाइरहेको अवस्थामा सार्वजानिक भए ओली


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८२, मंगलबार

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजीलाई साथमा राखेर आज सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा पार्टीका नेता कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन् । उनी सार्वजानिक भएको भिडियोमा जेनजी युवाहरुले पालैपालो ओलीसंग फोटो खिचाएको देखिन्छ ।

फोटोसेसनलाई ओलीको घरमै पुगेका कतिपय युवाले लाइभसमेत गरेका थिए । तर लाइभमा ओलीका छिमेकीहरुले नै गुण्डुलाई गुण्डाको अखडा नबनाइदिन आग्रह गरेको देखिन्छ । एक छिमेकीले त लाइभमै भनेका छन्, ‘केटाकेटीहरु डराए, त्यसरी २४ सै घण्टा गुण्डाहरुको भेला नगराउनुस् ।’

अर्का छिमेकीले पनि घरमा आउने कार्यकर्ता हुन् कि गुण्डा हुन् ? भनेर सोधेका छन् । ‘तपाईंको परिस्थिति म बुझ्छु,तर घरमा गुण्डाजस्ता युवाहरुलाई प्रवेश नदिनुहोस्’, उनले भनेका छन्, ‘सुरक्षाकर्मी छँदैछन्, केही परिहाल्यो भने बरु छिमेकीहरु तपाईंको लागि तयार हुन्छौँ, तर यसरी भेला नगराइदिनुस्, हाम्रा बच्चाहरुलाई नकारात्मक असर परेको छ ।’
भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् ।

भक्तपुरको गुण्डुस्थित नयाँ घरमा सरेका ओलीको विश्वासपात्रको रुपमा पोलिटब्युरो सदस्य महेश बस्नेत देखिएका छन् । अन्य नेताले पुर्नगठनको चर्को आवाज उठाइरहँदा बस्नेत एक्लैले सामाजिक सञ्जालमार्फत् धारावाहिक रुपमा ओलीलाई नै निर्विकल्प नेता भनी पोस्ट गरिरहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->