सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

दशैमा घर फर्कनेको लर्को, सुनसान गाउँमा चहलपहल

दशैमा घर फर्कनेको लर्को, सुनसान गाउँमा चहलपहल

अध्ययनका लागी सहर झरेका विद्यार्थी र अभिभावक धमाधम गाउँ फर्कन थालेका हुन् । दसैंको मुखमा भारत, खाडी तथा अन्य मुलुकमा बैदेशिक रोजगारीका लागि गएकाहरु पनि यतिबेला धमाधम फर्किरहेका छन ।


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८२, बिहिबार

पोखरा/वैदेशिक रोजगारीले मात्र होइन, अँन्तरिक बसाइसराइले पनि ग्रामीण बस्ती खाली हुँदै गएका छन । यसले गाउँको जनजीवन, कला, संस्कृति र संस्कारमा पनि प्रभाव पारेको छ । तर पनि ठूलो चाड दसैंको बेला विदेशिएका हुन वा शहरबजार झरेकाहरु हुन, गाउँमा फर्कने गरेका छन् । यसले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको छ ।

अध्ययनका लागी सहर झरेका विद्यार्थी र अभिभावक धमाधम गाउँ फर्कन थालेका हुन् । दसैंको मुखमा भारत, खाडी तथा अन्य मुलुकमा बैदेशिक रोजगारीका लागि गएकाहरु पनि यतिबेला धमाधम फर्किरहेका छन । ‘परीक्षा सकिएपछि छोराछोरी लिएर अभिभावकहरु, छिमेकी मुलुक भारतलगायत विदेशबाट दसैंको अवसर पारेर घर फर्किने क्रम सुरु भएको छ, यसले गाउँमा विस्तारै चहलपहल सुरु भएको छ’, पर्वतको कुश्मा नगरपालिका–१३ का पूर्वशिक्षक अर्जुन सुवेदीले भने, ‘दसैं चाडपर्व मात्रहोईन सहरमा झरेका परिवारका लागी गाउँघरमा रहेका आफन्तसंग भेटघाट गर्ने र वालापन विताएको ठाउँको तिर्सना मेट्ने अवसर पनि हुने गरेको छ ।’

दसैं लागेसंगै वर्खाभरी वन्द भएका ग्रामिण सडकमा गाडी गुड्न थालेका छन । स्थानिय तहले सडक मर्मत गर्न थालेका छन । दसैंले गाउँघर फर्कनेको भीड बढ्दै गएकोले यातायात ब्यवसायीलाई पनि भ्याइनभ्याइ छ । बर्खाभरी रित्तो गाडी गुडाएका थियौं, अहिले कोचाकोचको अवस्था रहेको सवारी चालक बताउँछन् । ‘दसैं लागेसंगै यात्रुको चाप पनि बढिरहेको छ । यसले हामीलाई व्यस्त बनाएको छ’, पोखराबाट पर्वतको कार्कीनेटालगायत स्थानमा इलेक्ट्रिक भ्यान चलाउँदै आएका चालक मन्दिप पौडेलले भने, ‘यात्रुको संख्या दिनप्रतिदिन बढ्दो छ । यसले साच्चिकै दसैं आएको अनभूति भएको छ ।’

नवदुर्गा सुरु भएसंगै सदरमुकामलगायत ग्रामीण बजारमा पनि खाद्यान्न, फेन्सी, गहना पसलमा किनमेल गर्नेको केही रौनक बढेको छ । वैंक तथा वित्तिय संस्थामा रेमिटेन्स लिने, खुद्रा पैसा साट्नेको लाईन उत्तिकै छ ।

लामो समयदेखि बिदेश बसेपनि दशैंलाई गाउँमै मनाउने निधो गर्दै युरोपलगायत अमेरिका बस्नेहरु पनि फर्किरहेका छन् । यसले ‘उजाड’ बेनका गाउँमा केही दिनलाई भए पनि रमाइलो थपिएको स्थानीय बताउँछन । शहरबजार र विदेशबाट दसैंलाई भएपनि गाउ आउँदा बुढाबुढी पनि खुसी भएका छन् ।

मुख्य राजमार्ग बन्द हुँदा पोखराबाट पूर्वतर्फ बाहिरिने यात्रुको संख्यामा कमी
घटस्थापनापछि दैनिक जसो विभिन्न जिल्लाबाट पोखरा आएर पेशा व्यवसाय गरिरहेका सर्वसाधारण धमाधम घर फर्किने गर्छन । घर फर्किनेको लर्को बसपार्कमा देखिन्थ्यो । यसपाली भने मुग्लिन–नारायणगढ बाटो बन्द भइरहदाँ यात्रुको चापमा कमी आएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार दसैंको बेला पोखराबाट दैनिक २० हजार भन्दा बढी यात्रु बाहिरिन्थे । पोखराबाट चल्ने ९५ प्रतिशत सार्वजनिक सवारी यही कम्पनीका छन् । कम्पनीले दसैंको अवसरमा अरु बेलाभन्दा दोब्बर सवारी थप्थ्यो । कम्पनीका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर केसीले पोखराबाट बाहिरिने यात्रुलाई सवारीको कुनै समस्या नहुने बताए । ‘दसैंको बेला अग्रिम टिकट बुकिङको व्यवस्था गििरने भएकाले कोही यात्रु घर फर्किन नपाउने समस्या हुन्थेन,’ उनले भने, ‘अहिले भने बाटोको कारण धमाधम अग्रिम बुकिङ रद्ध भएका छन् । अव के हुन्छ हेरौ ।’ दसैंको मुखमा मुख्य राजमार्ग पटकपटक अवरुद्ध हुँदा अहिले भने ५ प्रतिशत मात्रै बस चलाउन सकिने अवस्था रहेको उनले बताए ।

उनका अनुसार पोखराबाट बाहिरिने सबैभन्दा धेरै यात्रु धादिङका हुन् । त्यसपछि पूर्वी नेपालका धेरै हुन्छन् । पश्चिमतर्फ भने यात्रुको त्यति चाप हुदैन दसैंको बेला । पोखराबाट लामो दूरीका बस पूर्व र पश्चिम जान्छन् । पृथ्वीअन्तर्गत हाल मिनी, माइक्रो र डिलक्स गरी झण्डै १४ सय बस छन् ।

हाल दैनिक ५० रात्रि बस पोखराबाट विभिन्न स्थानका लागि छुट्छन् । काठमाडौंबाट पोखरा फर्किने यात्रुको संख्या धेरै हुन्छ । काठमाडौं बाहेक काकडभिट्टा, वीरगञ्ज, सुनौली नाकाबाट धेरै यात्रु पोखरा फर्किन्छन् । भारतीय सेनामा कार्यरत र भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपालीहरु दसैं तिहार जस्ता ठूला चाडपर्वमा यिनै नाकाबाट नेपाल भित्रिन्छन् । पोखरा र आसपासका क्षेत्र भारतीय सेना धेरै भएको ठाउँ भएकोले पनि यी नाकाबाट पोखरा भित्रिने यात्रुको संख्या धेरै हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->