बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी कारागारमा भागेका ७० कैदीबन्दी फर्किए

म्याग्दी कारागारमा भागेका ७० कैदीबन्दी फर्किए

७६ कैदीबन्दी फरार भएकोमा ३९ जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८२, शुक्रबार

म्याग्दी/जेन–जी समूहको आन्दोलनको मौका छोपी जिल्ला कारागार कार्यालय म्याग्दीबाट फरार भएका ७० जना कैदीबन्दी कारागार फर्किएका छन् ।

आन्दोलनको समयमा कारागारबाट ७६ कैदीबन्दी फरार भएकोमा ३९ जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताए । हाल फरार भएका कर्तब्य ज्यान, लागुऔषधका कारोबारमा संलग्न सहित ६ जनाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।

‘कैदीबन्दीसँगै भगाउन सहयोग गर्नेहरुलाई समेत खोजी गरिरहेका छौँ, आफै सम्पर्कमा आए कानूनी प्रक्रियामा सहज हुन्छ,’ प्रहरी निरीक्षक पौडेलले भने । स्वेच्छाले फर्किएका कैदीबन्दीलाई तोकिएको सजाय बाहेक अतिरिक्त सजाय नहुने बताइएको छ ।

कारागार परिसरभित्र अनधिकृत रुपमा प्रवेश गरी त्यहाँ रहेका ८८ जना कैदीबन्दीहरुमध्ये ७६ जना पुरुष कैदीबन्दीलाई भगाउन सहयोग गर्नेमध्ये ७ जनालाई पक्राउ गरी कारागार ऐन २०७९ विपरीतको कसूरमा अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->