पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलाई लक्षित गर्दै “चाडपर्व विशेष सुरक्षा योजना–२०८२” सार्वजनिक गर्दै ९२३ जना प्रहरी परिचालन गरेको छ ।
यस योजनाअनुसार चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, उच्श्रृंखल गतिविधि, मादक पदार्थ सेवनपश्चात हुने होहल्ला, मोटरसाइकल चर्को आवाजमा चलाउने, जुवा–तास जस्ता अवैध गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ ।
साथै, सवारी साधन चेकजाँच, यात्रुलाई सहयोग, बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही, क्षमता भन्दा बढी यात्रु चढाउनेमा कारबाही तथा सहजीकरण गर्ने, सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले दैनिक डगसहित चेकिङ, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, एम्बुसिङ चेकपोइन्ट, बजार अनुगमन र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको हो ।
प्रहरीका अनुसार यस योजनाले चाडपर्वका समयमा नागरिकमा शान्ति, सुरक्षा र सुरक्षाप्रति विश्वासलाई थप मजबुत बनाउने लक्ष्य लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।





