बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन

दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए ।


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८२, शनिबार

काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना: दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’ पुनले भने ।

दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->