
काठमाडौं / यो वर्ष बडादसैँको अष्टमी, नवमी र टीकाका दिन देशका केही स्थानमा ‘हल्का’ देखि ‘मध्यम’ वर्षाको पूर्वानुमान छ । दसैँ अवधिभर देशमा मनसुनी वायुको प्रभाव रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार (असोज ११) बेलुका जारी गरेको दसैँविशेष मौसम बुलेटिन:
असोज १४ (अष्टमी): वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोसी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १५ (नवमी): कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १६ (दशमी): वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोसी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।





