सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जनचेतनाका लागि ‘ट्राफिक वाक कार्यक्रम’ (फोटो फिचर)

जनचेतनाका लागि ‘ट्राफिक वाक कार्यक्रम’ (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८२, आइतबार

काठमाडौं/ट्राफिक प्रहरीले चाडपर्वलक्षित सडक सुरक्षा सचेतनाका निम्ति ‘ट्राफिक वाक कार्यक्रम’ संचालन गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आज बिहान बृहत र्याली निकालेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्राङ्गणबाट शुरु भएको र्याली भद्रकाली, सिंहदरबार हुँदै स्काई दरबार ब्याङ्क्वेटमा आएर टुंगिएको थियो । र्यालीमा उपत्यकाभित्र कार्यरत ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, नगर प्रहरीलगायत विभिन्न संघसंस्थाको उपस्थिति थियो ।

सहभागीहरूले ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’,‘नो भायोलेशन, नो पेनाल्टी’,‘सवारी चलाउँदा सुरक्षित दूरी कायम गरी चलाऔं’,‘सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं’,‘ राइड सेफ्ली, स्टे अलाइभ’,‘स्पिड थ्रिल्स, बट किल्स’, लगायतका जनचेतनामूलक प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस तस्बिरमा ट्राफिक वाक कार्यक्रम:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->