सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

जेनजी आन्दोलनमा घाइते लक्ष्मणको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

जेनजी आन्दोलनमा घाइते लक्ष्मणको मृत्यु, मृतकको संख्या ७६ पुग्यो


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८२, सोमबार

काठमाडौं / जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो।

परिवारका अनुसार पोस्टमार्टमका लागि अहिले उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ। उनको टाउको पछाडिको भागमा गोली लागेको थियो। जेनजी आन्दोलनका क्रममा यसअघि ७५ जनाको मृत्यु भइसकेको छ। राईको मृत्युपछि जेनजी आन्दोलनमा मृतकको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->