सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

जेनजी पुस्ताको आन्दोलनमा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद् क्षण तथा धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८२, बुधबार

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष दसैँको टिका नलगाउने भएकी छन्। बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद् क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।

कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने स्पष्ट गरेको हो। यस अगाडि पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->