काठमाडौं/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटोमै रोकिएका यात्रुलाई रोकिएकै ठाउँमा सुरक्षित स्थानमा लगी खाने बस्नेको व्यवस्था गर्न आग्रह गरेको छ।
हाल निरन्तर वर्षा भइरहेकाले लामो दूरीका सवारी सधान सञ्चालनमा रोक लगाइएको छ। तर यात्रा नगर्नु भन्ने सूचना अघिनै यात्रा गरिसकेका यात्रुहरू बाटोमा रहेका छन्। उनीहरूलाई जहाँ रोकिएका छन् सोही स्थानमै सुरक्षित रुपमा खाने बस्नेको व्यवस्था गर्न प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ।






