सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बाढीपहिरोमा परेर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

बाढीपहिरोमा परेर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

७ बेपत्ता


  • ढाेरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार

पोखरा/ दुई दिनको वर्षाका कारण आएको बाढीपहिरो परेर ४९ जनाको ज्यान गएको छ । शुक्रबार र शनिबारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढी पहिरोले यो मानवीय क्षती भएको हो ।

नेपाल प्रहरीका अनुसार यो विवरण आइतबार दिउँसो साढे १ बजेसम्मको हो । ज्यान गुमाउनेमा सबैभन्दा बढी कोशी प्रदेशका छन् । कोशी प्रदेशको इलाममा मात्र ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै, मधेश प्रदेशको रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->