म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–५, गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रवासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरासहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ ।
मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा संस्था प्रबासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोष मार्फत विद्यालयलाई १३ थान कम्प्युटर, चार थान हेबी हेभी ड्युटी ब्याट्र«ी, २ थान सीसीटीभी क्यामेरा, २ थान नेटवर्किंङ स्विचसहित आवश्यक उपकरण सहयोग गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रवासी दाङ्गाले मञ्चका सचिव एवम् मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामीले विद्यालयमा रहेको कम्प्युटर ल्याबको क्षमता विस्तार गदैं नियमित विद्यार्थीलाई कम्प्युटर विषयको पठनपाठनका लागि सहयोग गरिएको बताए ।
‘आफ्नो गाउँमा रहेको विद्यालयको शैक्षिक गतिविधिमा सघाउन सानो सहयोग गरेका छौ, सबै मिलेर शैक्षिक तथा गाउँको विकासमा योगदान दिन सकिन्छ’ प्रमुख अतिथि फगामीले भने ।
सोही अवसरमा प्रमुख अतिथिले ब्यक्तिगत रुपमा पुस्तकालयमा महावीर पुनको जिवनीसहित विभिन्न ११ थान पुस्तक सहयोग गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि पितृ स्मृति सेवा कोषका अध्यक्ष घन बहादुर फगामी, निर्वतमान वडा अध्यक्ष पिपला बुढा, प्रबासी दङ्गाले मञ्च युएई संयोजक बेल बहादुर फगामी, विद्यालयका प्रधानध्यापक अमृत बुढाथोकी, समाजसेवी भिबेन्द्र सिउथानी, स्थानीय टोल विकास संस्था, स्वास्थ्यचौकीका प्रतिनिधि, यूवा क्लबका सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्वतमान वडा अध्यक्ष पिपला बुढा, पितृ स्मृति सेवा कोषका अध्यक्ष घन बहादुर फगामी, शिक्षिका सुनिता पुनले मन्तव्य राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको स्वागत कोषका कोषाध्यक्ष रासमति पुन बुढा,सञ्चालन कोषका सचिव रन बहादुर फगामीले गरेका थिए । विद्यालयमा ११ थान कम्प्युटर रहेकोमा १३ थप गरिएको अब ३५ थान पुर्याएर कक्षा १ देखि १० सम्म कम्प्युटर कक्षा सञ्चालन गरिने छ ।
आफ्नो गाउँका विभिन्न क्षेत्रमा सहयोग जुटाउन समन्वयकारी भूमिका खेल्न अमेरिकामा रहेका मीमबहादुर सिउथानीको अध्यक्षतामा प्रवासी दङ्गाले मञ्च गठन भएको छ । जसको अन्तर्राष्ट्रिय सह संयोजकमा हङकङबाट घनबहादुर राना, पोर्चुगलबाट देउमाया राना, कतारबाट सचिवमा नरेन्द्र फगामी, दक्षिण कोरियाबाट सहसचिव जीवन बुढाथोकी रहेका छन् ।
राष्ट्रिय संयोजकहरूमा अमेरिका तिलक राना, युके मदन राना, हङकङ धन बहादुर फगामी,दक्षिण कोरिया भीमबहादुर बुढाथोकी,अष्ट्रेलिया हमविर राना, जापान मोमबहादुर बुढाथोकी,ग्रीस मानबहादुर फगामी, पोर्चुगल भीमप्रसाद राना, कतार नरेन्द्र फगामी, दुबई बेल बहादुर फगामी,साउदी पृथ्वी बुढाथोकी,कुवेत मन बहादुर फगामी,सिंगापुर उमेश बुढाथोकी,इजराइल पूर्णप्रसाद बुढाथोकी, नर्वे किस्मत फगामी,क्रोसिया ज्ञानु राना फगामी र स्कटल्याण्ड प्रेम सिउँथानी रहेका छन् ।





