काठमाडौं/ नेपालको सबै भूभागबाट यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिएको हो ।
असोज २० मा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिन सुरु गरेको थियो । नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति २ अक्टोबर भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको विभागको भनाई छ । नेपालबाट मनसुन बाहिरिएको भए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने रहन सक्ने छ ।
यस वर्षको मनसुन गत जेठ १५ गतेदेखि नेपाल भित्रिएको थियो ।





