स्याङ्जा/गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी (राम्दी) को पुल निर्माण सुस्त गतिमा बढेको छ । तीन बर्षमा सक्ने गरेर निर्माण थालिएको देशकै पहिलोनमुना मोटरेबल पुल सम्झौता समय सकिदा निर्माण ७५ प्रतिशत सकिएको हो ।
२०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनले पुल सेक्टर पोखरासँग २७ करोड ७१ लाख नौ हजार छ सय रुपैयाँमा निर्माण ब्यवसायीले सम्झौता गरेको थियो । सम्झौता अनुसारको समय सकिदा पुलको आर्च, फाउण्डेसन, पिल्लर हाल्ने काम सकिएको छ भने अहिले ह्याङगर बनाएर हाल्ने काम भैरहेको छ ।
निर्माण कम्पनीले हाल सम्म १३ करोड १२ लाख ९२ हजार रुपैयाँ नगद लगेको छ भने पाँच करोड ५४ लाख २१ हजार भुक्तानीको माग गरेको छ । नयाँ पुल भएकाले डिजाइन समयमै नबन्दा निर्माणमा एक बर्ष ढिलाई भएको पुल अहिले सेलेपको निर्माण ढिलाई हुँदा पुल समयमै नसएिको पुल सेक्टर पोखराका इन्जिनियर बिनोद पौडेलले बताए ।
थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल टयूब आर्च ब्रिज देशकै पहलिो र सेलेपको सामाग्री भारतमा बनाउने भएकाले ढिलाई भएको पौडेलले बताए । सम्झौताको समय सकिएपछि आगामी चैत ३१ गते सम्म निर्माण कम्पनीले पुल सेक्टर पोखरासँग म्याद थपेको छ भने म्याद थपेको सयमा निर्माण सक्ने पौडेलले बताए ।
यहाँ आर्च थु्र, स्टिल आर्च ओपन फाउण्डेसनको पुल निर्माण गर्ने तयारी गरिएकोमा अन्तिममा सीएफएसटी स्टिल टयुब आर्च ब्रिज बनाइएको थियो । यहाँ बनेको पुल भुटानमा एक र चाइना तथा दुबईमा प्रसस्त रहेका यो पुल नेपालकै नेपालकै पहिलो भएको पौडेलले बताए ।
एक स्पान मात्र रहेको रामनदी (राम्दी) मोटरेबल पुल १२० मिटर लम्बाइ र ११ मिटर चौडाईको रहेको छ । यहाँ बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिज भन्दा २७ मिटर बढिलम्बाई रहेको छ । अहिले रहेको पुल सँगै जोडेर पुर्वपट्टी नयाँ पुल निर्माण गरिएको हो ।
नमुना पुल ४० मेट्रिक टन भार क्षमताको हो भने यसभन्दा अगाडिको ११ मेट भार क्षमताको रहेको थियो । अहिलेको जिर्ण हुँदा सवारी साधनहरु ओहोरदोहोरमा समस्या बनेपछि नयाँ पुल बनेसँगै सजह हुने छ । अहिले रहेको पुल ०२२ सालमा निर्माण थालनी गरेर २०२८ सालमा सम्पन्न भएको थियो भने पुलको तत्कालीन प्रधानमन्त्री कृतिनिधि विष्टले उद्घाटन गरेका थिए ।





