सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

पूर्वसभामुख महराविरुद्ध सुन तस्करीमा साढे ८ करोड बिगो दाबीसहित अदालतमा मुद्धा

पूर्वसभामुख महराविरुद्ध सुन तस्करीमा साढे ८ करोड बिगो दाबीसहित अदालतमा मुद्धा


  • ढाेरपाटन संवाददाता
  • असोज २७ २०८२, सोमबार

काठमाडौँ / पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबीसहित जिल्ला जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्धा दर्ता भएको छ ।

मुद्दामा संगठित अपराधसँगै भन्सार ऐन र सुन तस्करीसम्बन्धी गरी ३ वटा अभियोग दाबी गरिएको छ । उनलाई संगठित अपराध ऐन अन्तर्गत हदैसम्मको कैद माग गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार महराविरुद्धको मुद्दा आज दर्ता मात्र हुनेछ भने बयान र थुनछेक मंगलबारबाट सुरु हुनेछ । थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौैँमा मुद्दा दर्ता गरेको हो। उनी यही विषयमा २०८० चैत ५ गते पनि पक्राउ परेका थिए। यसअघि पनि पक्राउ गरेकाले महराविरुद्धको अनुसन्धानका लागि धेरै समय नलाग्ने भन्दै मुद्दा दर्ता भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही विषयमा केही दिनअघि बयान लिएको थियो।

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्। भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए। भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->