शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जेनजी विद्रोहपछि सार्वजानिक भएका देउवाले पूर्णबहादुरलाई दिए कार्यवाहकको जिम्मेवारी

जेनजी विद्रोहपछि सार्वजानिक भएका देउवाले पूर्णबहादुरलाई दिए कार्यवाहकको जिम्मेवारी


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८२, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए।

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने। उनले १५ औं महाधिवेशनले तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए।

उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए। ‘पाँच पटक प्रधानमन्त्री भएँ। पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा आक्रमणमा परेर घाइते भएका देउवा आज श्रीमती आरजु राणासहित पार्टीको बैठकको अवसर पारेर पहिलोपटक सार्वजनिक भएका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->