आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका ५० प्रतिशतभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आबद्ध

बागलुङका ५० प्रतिशतभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आबद्ध


  • ढोरपाटन संवाददाता
  • असोज ३१ २०८२, शुक्रबार

बागलुङ / बागलुङमा यो बर्ष डेढ लाख नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । यहाँका ४५ हजार ३९५ परिवारका कुल १ लाख ४१ हजार ५०९ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।

बागलुङको जनसंख्या २ लाख ४९ हजार २११ रहेको छ । विमा गर्ने नागरिकको संख्या ५० प्रतिश भन्दा बढी हो । जनसंख्या धेरै भएपनि रोजगारी र अन्य कारणले विदेश पलायन दर बढि भएकोले यहाँ बस्ने अधिकांश नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायण प्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार स्वास्थ्य बीमामा १ लाख ४१ हजार ५०९ जना आबद्धमध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् ।

‘स्वास्थ्य बीमामा आबद्ध भएपछि १ लाख सम्मको स्वास्थ्य उपचार निःशुल्क पाइने भएकाले नागरिकहरु बीमामा आबद्ध भएका छन्’ पौडेलले भने ‘स्वास्थ्य बीमा गराउनेको संख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्, वर्षमा एक पटक प्रमियम तिरेपछि वर्षभरी सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका छन् ।’

वि.सं. २०७३ असारदेखि बागलुङमा लागु भएको स्वास्थ्य बिमा कार्यक्रम गाउँ-गाउँमा पुगेपछि स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या पनि क्रमश बढीरहेको छ । गत वर्ष १ लाख २६ हजार बीमामा आवद्ध भएकोमा अहिले १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका छन् ।

स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु धौलागिरी अस्पताल बागलुङ, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट उपलब्ध छ । अहिले बडिगाड आधारभूत अस्पतालमा समेत प्रथम सेवा बिन्दु उपलब्ध भएको बोर्डका बागलुङका संयोजक पौडेलले जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि धौलागिरी अञ्चल अस्पतालमा बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु. ३ हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु. ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिकरूपमा रु. एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदा सर्वसाधरण नागरिक अनभिज्ञ भएर कार्यक्रममा आबद्ध हुन नचाहेपनि पछिल्लो समय नागरिकहरु आफै अग्रसर भएर बीमा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->